• २०८३ असोज २९ गते बिहिवार

कांगेस सल्यानका पार्टी सचिव प्रकाश भण्डारीले युथ अफ सल्यानलाई सहयोग रकम हस्तान्तरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५ सल्यान । नेपाली कांगेस सल्यानका पार्टी सचिव प्रकाश भण्डारीले युथ अफ सल्यान फाउन्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।आर्थिक अवस्था मकजोर भएका भई उपचारबाट बन्चित विपन्न परिवारहरुको उपचाररार्थ युथ अफ सल्यान फाउन्डेसनका अनिल भण्डारीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । भण्डारीले आफ्नो पहलमा जापानमा रहेका नेपालीहरुलेसंकलन गरेको ६१ हजार ५ सय २० रुपैयाँको चेक सल्यान खलंगामा एक कार्यक्रमको आयोजना गरी फाउन्डेसनलाई हस्तान्तरण गरेका छन् ।


आफुले कुनै राजनितिक हिसाबले नभई सामाजिक कार्यले सहयोग गरेको बताए । जो बिरामी भई आर्थिक अवस्था कमजोर हुँदा उपचारबाट बन्चित भएका छन त्यस्ता ब्यक्तिहरुको सहयोगका लागी रकम हस्तान्तरण गरेको भण्डारीको भनाई छ । उपचारबाट बन्चित बिरामीहरुका लागी जापानमा रहेका नेपालीहरुले आफ्नो खाजा खर्च कटाएर रकम संकलन गरेर पठाएकाले यो रकम सहि ठाउँमा सदुपयोग गर्न युथ अफ सल्यान फाउन्डेसनलाई आग्रह गरे । युथ अफ सल्यान फाउन्डेसनले बिभिन्न सामाजिक कार्य गर्नुका साथै बिभिन्न सामाजिक कार्य गदै आर्थिक अवस्था कमजोर भई उपचारबाट बन्चित विपन्न परिवारहरुको लागी सहयोग गर्दैै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस