भदौ २६, काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण तथा उपचारका लागिविश्व स्वास्थ्य संगठनलाई सहयोग गर्न अनुरोध गरेका छन् ।गुटेरेसले डब्ल्यूएचओको नेतृत्वमा भइरहेको ‘एक्सेस टू कोभिड-१९ टुल्स एक्सिलेरेटर’ नामक अभियानलाई आर्थिक सहयोग गर्न अपिल गरेका हुन् ।

एक्सिलेरेटर (परिषद्) आरम्भ भएको अवसरमा सम्बोधन गर्दै गुटेरेसले विश्व समुदायसँग सहयोगको अपिल गरेका हुन् । उनले अहिले सुस्ताएको संसारलाई पहिलाजस्तै गतिशील, कार्यशील र समृद्ध बनाउन सर्वप्रथम कोरोनालाई जित्नुपर्ने धारणा राखे । यसका निम्ति ठूलो धनराशि आवश्यक पर्ने हुनाले सहयोग गर्न अपि गरे ।अभियान सफल पार्न ३५ अर्ब डलर आवश्यक रहेको बताउँदै उनले भने, ‘आगामी तीन महिनाभित्र १५ अर्ब डलर चाहिन्छ, यो रकमले भ्याक्सिन निर्माण तथा उपचार पद्धति विकासका लागि अनुसन्धानलाई अगाडि बढाउन सकिने छ ।’