साउन २७ मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले ४ जना फरार अभियुक्त लाई पक्राउ गरेको छ ।लामो समयदेखि फरार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मुगु बाट बाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्लाको सोरु गाउपालिका १ खत्याड गाउपालिकाका १ जना रहेका छन् । त्यस्तै छायानाथ रारा नगरपालिकाका २ जना लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।
डिएसपि साहका अनुसार लुटपिट,चोरी मुद्धाका फरार अभियुक्त लाई पक्राउ गरिएको उनको भनाई रहेको छ । उनीहरु लाई सम्बन्धित जिल्ला अदालतमा बुझाएको साहले बताए ।