साउन २७, काठमाडाैँ ।अपराध अनुसन्धान महाशाखाका अनुसार अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिइन् । महिलालाई प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले मंगलबार विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनले हत्या गरेको स्वीकारी वयान दिएको प्रहरीले जनाएको छ ।

हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् । यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र शव फेला परेको थियो । बोहोराको टाउको र खुट्टा भने जेब्रा झोलाभित्र भेटिएको थियो ।