साउन २७, एजेन्सी । लेबनानको राजधानी बेरुतमा दुई सय जनाको ज्यान जानेगरी भएको विस्फोटन ब्यापक भ्रष्टाचारको उपज भएको निष्कर्ष निकाल्दै लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दियका छन ।सोमबार साँझ राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सन्देश दिँदै दियाबले आफ्नो राजीनामा घोषणा गरेका हुन । प्रधानमन्त्री हसनले राजीनामा दिनुअघि उनका केही मन्त्रीहरूले पनि राजीनामा दिएका थिए ।

यसैबीच बेरुतको बन्दरगाहमा २ हजार ७ सय ५० टन एमुनियम नाइट्रेट राखिएको र उक्त पदार्थ जोखिमयुक्त भएको जानकारी लेबनानका सुरक्षा निकायहरुले राष्ट्रपति र प्रधानमन्त्री समक्ष पेश गरेको तथ्य, अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको छ ।लेबनानका राष्ट्रपतिका अनुसार उक्त गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा-सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको थियो ।