जेठ २९, काठमाडौं । काठमाडौंको मनमैजुमा ट्याक्सीले स्कुटरलाइ ठक्कर दिँदा स्कुटर पुर्णरूपमा क्षति हुनुका साथै एकजना महिला घाइते भएकी छिन ।

मनमैजुबाट बालाजु तर्फ जादैं गरेको बा ९८ प ३२४३ नं को स्कुटर र बा १ ज १४५१ नं को ट्याक्सीले स्कुटरलाइ ठक्कर दिएकाे हाे । स्कुटर चालक करिव ३५ वर्षे प्रतिमा तिवारीको ग्रिनसिटी अस्पतालमा उपचार भईरहेको महानगरीय प्रहरी वृत बालाजुले जनाएको छ ।