• २०८३ जेष्ठ २७ गते बुधवार

रुकुम घटनाको विरोधमा ज्ञापनपत्र बुझाइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, नेपालगञ्ज । पश्चिम रुकुमको सोतीमा भएको हत्याकाण्डको विरोधमा नेपालगञ्ज उप–महानगरपालिकाका दलित जनप्रतिनिधीहरुले विरोध प्रदर्शन सहित ज्ञापन पत्र बुझाउने भएका
छन् ।

कार्यपालिका सदस्य देउमल सुनारको अध्यक्षतामा बिहिवार भएको निर्वाचित दलित जनप्रतिनिधीहरुको बैठकले आईतबार नेपालगञ्जमा विरोध प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको हो । कार्यपालिका सदस्य कौसलकुमार धोवीले रुकुम घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही र पीडित परिवारलाई न्यायका लागि विरोध प्रदर्शन गर्न लागिएको बताउनुभयो । कार्यपालिका सदस्य मञ्जु नेपालीले प्रदर्शनमा ऐक्यवद्धताका लागि सबैमा आग्रह गरिएको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस