• २०८३ बैशाख ५ गते शनिवार

दाङको ट्राफिक कार्यालय भित्र ट्राफिकहरुलाई क्वारेन्टाइन स्थापना

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा क्वारेन्टाइन स्थापना गरिएको छ । कार्यालयको भवनमा रहेको जुनियर प्रहरी अधिकृतको कार्य कक्षमा बुधवार ३ बेडको क्वारेन्टाइन स्थापना गरिएको हो ।

क्वारेन्टाइनकाे तयारी गर्दै ट्राफिक प्रहरी

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको समय फ्रन्टलाइनमा खट्ने सुरक्षाकर्मीहरु उच्च जोखिममा रहने भएकाले जोखिमको आशंका लागेमा राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रेम रेग्मीले जानकारी दिएका छन ।

त्यसका साथै कार्यरत प्रहरी कर्मचारीहरु संक्रमित भएमा तत्कालै अलग राख्नको लागी उक्त क्वारेन्टाइन निर्माण गरिएको बताइएको उनले बताए । ट्राफिक प्रहरीले घोराही उप महानगरपालिकाको सहयोगमा उक्त क्वारेन्टाइन निर्माण गरेको दाङ ट्राफिक प्रमुख रेग्मीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस