चैत २९, मुगु । खत्याड गाउँपालिका ४ हेगुटी बस्ने २२ वर्षीय प्रनन्द बिकलाई ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती बालिकालाई खत्याड गाउँपालिकाको अदाचुली भन्ने जंगलमा चैत २१ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।