• २०८२ जेष्ठ ३० गते बिहिवार

राष्ट्रिय दलित पत्रकार संघ नवलपरासीको अध्यक्षमा अभिशेष राव चयन

ईन्दिरा विश्वकर्मा पढ्न लाग्ने समय : २ मिनेट

माघ २८, सुनवल । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला समिती नवलपरासीको अध्यक्षमा अभिशेष राव चयन हुँनुभएको छ । प्रथम नवलपरासी जिल्लाको ऐतिहासिक भेलाले मंगलबार एक कार्यक्रमको आयोजना गरी अभिशेष रावको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा लक्ष्मि हरिजन,कोषाध्यक्ष श्यामबन्दन हरिज ,सचिव रामकरण हरिजन,सहसचिव अमृता बि ।क सदस्यमा रन्जित बि।क,पवन हरिजन,लक्ष्मि परियार ,अजय हरिजन चयन भएका छन् ।

देशभरका दलित पत्रकारहरुलाई एक ढिक्का बनाउनका लागि राष्ट्रिय दलित पत्रकार संघ नेपालले यो कदम चालेको हो । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष गोपाल बराइलिले राज्यले ध्यान नदिदा जातिय छुवाछुत अझै पनि समाजमा विधमान रहेको भन्दै देशको चौथो अंग पत्रकारीता बाट दलित समुदाय प्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्न सकिने बताउनु भयो ।

प्रदेश सभा सदस्य बैजनाथ जैसवालले समाजमा विद्यमान अवस्थामा रहेको जातीय विभेद अन्त्यको लागि जोडदार कलम चलाउन सुझाव दिनुभयो । जातीय विभेदका विरुद्ध कानुन बनेको बताउदै उहाँले सरोरकारवाला निकायसँग जातीय विभेदका बारेमा गम्भीर छलफल र बहस सञ्चालन गरेर यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो। यसको लागी पत्रकारले कलम मार्फत खबरदारी गर्नुपर्ने बताउनुभयो । २१ औ शताब्दी सम्म आईपुग्दा पनि जातिय विभेदका कारण विदेशमा देशको नाम खराब भएको उहाँले बताउनु भयो । धर्म शास्त्रमा कुनै जातिय विभेद नभएपनि आफुलाई उच्च बनाउन खोज्ने सोच भएका व्यक्तिहरुका कारण समाजबाट यसलाई हटाउन नसकेको प्रदेश सभा सदस्य जैसवालको भनाई थियो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ५ अध्यक्ष चिन्ता परियारले कानुनमा सबैलाई समान अधिकार दिएपनि सरकारी कार्यालयमा नै दलित व्यक्ति सोसित हुने गरेको गुनासो गर्नुभयो । उहाँले जातिय विभेद समाजबाट हटाउन दलित समुदायको आवाज बुलन्द गर्ने काम राष्ट्रिय दलित पत्रकार संघको मुख्य पाटो रहने बताउनु भयो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल नवलपरासी पश्चिमको ऐतिहासिक भेला संयोजक अभिशेष रावको अध्यक्षता तथा प्रदेश सभा सदस्य बैजनाथ जैसवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ५ सदस्यद्वय उमेश बि ।क ,ईन्दिरा विश्वकर्मा,रामग्राम स्तूप संरक्षण तथा पर्यटन बिकास संस्था अध्यक्ष सम्भु उपाध्याय,पत्रकार गौरीशंकर जैसवाल ,रामग्राम जेसिसका अध्यक्ष सन्दिप अग्रहरि लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पत्रकार लक्ष्मि हरिजनलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस