पौष २६, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ३ मा रहेको महिला कृषि सहकारीको दसौ साधारणा सभा सम्मन्न भएको छ । तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेलको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो ।

साधारण सभामा स्वयमसेवी अभियान नेपालका प्रतिनिधी, वडा नं ३ का प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी लगायत सहकारीका सदस्यहरुकाे उपस्थिती रहेको थियो । तारकेश्वर नगरपालिका कै महिला मात्रको सबभन्दा ठुलो यस सहकारीमा १२६ समुहमा ८९१ जना महिलाहरु आबद्ध रहनु भएको छ । संस्थामा कुल १४,९६,९०० शेयर पुजीरहेको छ ।

संस्थाको भबन
स्वयमसेवी अभियान नेपाल र तारकेश्वर नगरपालिकाको सहयोगमा संस्थाको आफ्नै भवन निर्माण गरेको छ ।

१,३२,००००० कुल लागतमा बनेको भबनबाटै सहकारीले सेवा सुरु गरेको छ । शहरी विकास राज्यमन्त्री रामविर मान्नधरले भवनको उद्घाटन गर्नु भएको हो । संस्थाको स्थापनाकाल देखि नै शिवकुमारी अर्याल अध्यक्ष रहनुभएको छ ।