• २०८३ असोज २६ गते सोमवार

नेकपा केन्द्रिय सदस्य लामाको कोरोनाबाट मृत्यु, प्रचण्डद्धारा शोक वक्तव्य व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २५, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का केन्द्रिय सदस्य कमान सिंह लामाको कोरोनाका कारण मृत्यु भएकोमा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शोक मन्तव्य व्यक्त गर्नु भएको छ । उहाले जारी गरेको शोक मन्तव्य यस्तो छ ।

शोक वक्तव्य
हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राजदूत कमरेड कमान सिंह लामाको कोरोना भाइरसको संक्रमणबाट शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान असामयिक निधन भएको खबरले मलाई दुखित् तुल्याएको छ ।

कमरेड लामाको जन्म २००८ साल फागुन ९ गते बुबा चन्द्र सिं लामा र आमा मिश्रीमाया लामाको कोखबाट भएको थियो । २०३३ सालमा कमरेड निर्मल लामा नेतृत्वको ने.क.पा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएका कमरेड लामा २०३५ सालमा मेरो नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य हुनुभयो । २०६३ सालमा पुनरस्थापित संसद सदस्य रहनुभएका उहाँ दक्षिण कोरियाका राजदूत हुनुभएको थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कमरेड लामा हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा हुनुहुन्थ्यो ।

जुझारु बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महशुस गरेको छु । कमरेड लामाका दुई श्रीमतीहरु, १ छोरा र ४ छोरीहरु हुनुहुन्छ ।

दिवंगत कमरेड लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
२४ मंसिर, २०७७

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

Image may contain: text

Sharing

प्रतिक्रिया दिनुहोस