• २०८३ असोज २७ गते मङ्गलवार

लागुऔषधसहित दुई युवक सप्तरीबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, सप्तरी । प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिकाबाट लागुऔषधसहित दुई युवकलाई बुधबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा वडा नं ५ खोजपुरका १९ वर्षीय आशिष भनिने सच्चितानन्द चौधरी र सोही ठाउँका शुभकान्त चौधरी रहेका छन ।

इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा बोदेबर्साइन नगरपालिका– ५ जाँजरबाट दुवै जना युवकलाई पक्राउ गरेको हो। स ३ प ३६६१ नंको मोटरसाइकलमा सवार भएर गइरहेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानका अनुसार उनीहरूको साथबाट १० थान डाइजिल्याव एम्पुल, आठ थान फेर्नागन एम्पुल, १० थान नोफिन एम्पुल बरामद भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस