कार्तिक २५, काठमाडौँ। थप २७ सय ३६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ सय ३५ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ८ सय ५३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना रहेको छ । आज २२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ११ सय ४८ जना पुगेको छ ।