• २०८३ बैशाख ६ गते आइतवार

नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या २५ सय ५८ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा कार्यरत १४२ र काठमाडौँ उपत्यकाका ७६१ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १३९, प्रदेश २ मा ६०, वाग्मती प्रदेशमा ८१, गण्डकीमा ८१, प्रदेश ५ मा १०७, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्‍चिम प्रदेशमा १३ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।


नेपालमा चार डीआईजीसहित २५ सय ५८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा मात्रै ९०३ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । ११ सय ३० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस