भदौ २५, काठमाडौँ । आज बेलुकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली लाग्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने तयारी गरेको छ । साथै अन्य महत्त्वपूर्ण नियुक्ति र सरकारको प्रवक्ता समेत तोक्ने तयारीमा प्रधानमन्त्री रहेका छन् ।