• २०८३ जेष्ठ ८ गते शुक्रवार

कबिता:नेपाल प्रहरी

मनिष अर्याल पढ्न लाग्ने समय : १ मिनेट

ढुङ्गा वर्षाउनेलाई फुल दिने प्रहरी,
चोट दिनेको पिडा भुल दिने प्रहरी ।
पानी पनि पिउन नदिनेको लहरमा,
प्यासीलाई सहाराको मुल दिने प्रहरी ।।

मल्हम पट्टिपनि गरिदिन्छ डाक्टरै सरी,
तिम्रै लागी लड्छ, आफ्नो पर्वाह नगरी।
एक प्याकेट चाउचाउ र पानीको आडमा,
तिम्रै वचाउ गर्छ उस्ले तिम्रै भिडभाडमा ।।

आफ्नो समस्या नागरिकको मुस्कानले हर्ने,
जटिलता विचपनि दुरुस्त डिउटि गर्ने।
कर्तब्यको पथमा कुनै गल्ति हुदा मात्र,
नागरिकनै उसको ज्यानको पछि पर्ने ।।

तिम्रै सुरक्षाको खातिर आफ्नै दिन्छ बलि,
भयाबह परिस्थितिमा पनि रत्तिभर नगली।
सुरक्षाको आधार स्तमभ उ रास्ट्रकै छ छहारी,
नागरिक सुरक्षामा हरदम तत्पर जय नेपाल प्रहरी ।।

 

 

 

Sharing

प्रतिक्रिया दिनुहोस