• २०८३ बैशाख २० गते आइतवार

पाल्पामा घर भत्किएर पुरिँदा एकजनाको मृ’त्युु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २५ ,पाल्पा। पाल्पा जिल्लामा घर भत्किएर पुरिदा २२ वर्षीय सुमन कनौजेको मृत्यु भएको छ । बुधबार राति ११ बजे बगनासकाली गाउँपालिका–६ खानीगाउँ बस्ने कान्तिसरा कनौजेको घर अचानक भत्किँदा उनका छोरा सुमन कनौजे पुरिएर गम्भीर घाइते भएको पाल्पा प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सुतिरहेको अबस्थामा पुरिएका सुमनलाई स्थानीयहरूले निकाली उपचारका लागि युनाईटेड मिसन अस्पताल पाल्पा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घर भत्किँदा २ वटा भैसी पनि पुरिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस