• २०८३ बैशाख १५ गते मङ्गलवार

विप्लव समूहका सेक्रेटरीसहित ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २६ , सुर्खेत । नेत्र विक्रम चन्द ‘विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका जुम्ला जिल्ला सेक्रेटरीसहित तीनजना पक्राउ परेका छन् ।

तिलागुफा गाउँपालिका ७ घोडेगाउँबाट चन्दा असुल्दै गरेको अवस्थामा प्रहरीले जिल्ला सेक्रेटरी राजबहादुर भाम उदयसहित तीनजनालाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका ६, का जुम्ला सेक्रेटरी भामसहित जुम्लाको हिमा गाउँपालिका ७ धाचु नन्द तिरुवा र सोही ठाउँका सपना बुढा रहेका छन् ।

उनीहरुका साथबाट चन्दा असुलीको ठेली एक थान, सदस्यता फारम ठेली एक थान, केही किताबहरु, ठेकदार स्थानीय तहका जनप्रतिनिधिको नामावलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस