श्रावण २६, काठमाडौं । आज उपत्यकामा हुने कार्यक्रमहरू
१.उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितीले बालाजुमा भएको गैर न्यायिक सडक बिस्तारको बिरुद्ध रिले अनसन बस्ने ।
स्थान :- बालाजु ।
समय :- ८:०० बजे ।
२.राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- १३:०० बजे ।
३.प्रत्यायोजित व्यवस्थापन तथा सरकारी अाश्वासन समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- १३:०० बजे ।
४.राष्ट्रवादी नागरिक समाज नेपालले राजतन्त्र पुनर्वहालिका लागि नागरिक सभा कार्यक्रम गर्ने ।
स्थान :- रत्नपार्क ।
समय :- १४:०० बजे ।
५.नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिको तर्फबाट समितिका संयोजक एवं पार्टीका सहमहामन्त्री डा. प्रकाश शरण महतले पत्रकार सम्मेलन गर्ने ।
स्थान :- नेपाली कांग्रेस केन्द्रीय कार्यालय,सानेपा ।
समय :- १५:०० बजे ।
६.ने बि संघ सानोठिमी क्याम्पस इकाई ले विभिन्न माग राखि SNE(special need education)विभागीय प्रमुख खगेन्द्र बराइलीको कार्यकक्षमा तालाबन्दी गरेको र स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थान :- सानोठिमी क्याम्पस ।
समय :- २०७७/०४/७ गते देखि जारी ।
७.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
८.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।