• २०८३ बैशाख ९ गते बुधवार

कुटनीतिक ढंगले आफ्नो गुमेको भूमि फिर्ता लिने : प्रम ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ २८, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो भूमिको हक स्थापीत गर्ने सवालमा सवैको साझा प्रयास रहेको उल्लेख गर्दै साझा प्रयास नै मुलुकको सफलता हुने बताउनुभयो । सरकारले गुमेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक तथा कालापानी सहित समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरी संविधानको अंग बनाउन हिजो प्रतिनिधिसभाबाट सर्वसम्मती ढंगले संविधानमा उल्लेख गरिएको नेपालको निशान छाप सम्बन्धीको नेपालको दोस्रो संशोधन २०७७ लाई स्वीकृत भएसँगै प्रधानमन्त्री ओलीले अबका दिनमा भारतसँगै कुटनीतिक ढंगले आफ्नो गुमेको भूमि फिर्ता लिनेमा दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाले लडेर बचाएको नेपाली भूमि रक्षाको लागि जस्तोसुकै परिस्थिती सामाना गरेर भए पनि आम नेपाली जनता, राजनीतिक दललगायतको साथ र सहयोग लिई राष्ट्रिय एकता कायम गरी अघि बढ्ने दृढता जनाउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘कसैले बढि र घटि जस लिने कुरा हैन, यो सवैको बराबर जस रहेको छ । सवैको परामर्श तथा जनभावना अनुसार नै सरकार अघि बढेको छ । संसदबाहिर पनि राष्ट्रिय एकता देखिएको छ । आगामी दिनमा पनि सरकार सोही अनुसारको साथ र सहयोगको अपेक्षा समेत गर्दछ ।’

मुलुकको विषम परिस्थितीलाई समाधान गर्न राष्ट्रिय एकता भएको आवश्यकता रहेको औंल्याउँदै उहाँले असाधारण राष्ट्रिय एकताका साथ संविधान संशोधन प्रस्ताव पास भएकोमा सवैलाई विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो । परिस्थितीलाई हेरेर संसद एकतावद्ध भई अघि बढ्न नेपाल सक्षम छ भनि सन्देश दिएको समेत उहाँले उल्लेख गर्नुभयो ।

संसदिय व्यवस्थामा सृदृढ एकता कहिले कहिले मात्र देख्न पाइने तर नेपालको संसद अत्यन्तै गंभिर भएको उल्लेख गर्दै उहाँले परेको वेलामा राष्ट्रिय साझा चुनौतिहरुको सामना गर्न संसद एकतावद्ध भएर अघि बढ्ने गरेको बताउनुभयो ।

https://www.facebook.com/Khabar24nepal/videos/906367836499438

Sharing

प्रतिक्रिया दिनुहोस