बैशाख २८, काठमाडाैं । छिमेकी मुलुक भारतले महाकालीपूर्व नेपाली भूभाग रहने सुगौली सन्धीविपरित भारतीय सत्ताले लिपुलेक क्षेत्रमा दशकौंदेखि गरेको अतिक्रमण विरूद्ध सत्ताशिन दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)काे युवा संगठन राष्ट्रिय युवा संघ नेपालका सह संयाेजक रमेश पाैडेलले आक्राेश व्यत्त गरेका छन । उनले भारतकाे मिचाह र हेपाह प्रवृतिलाई निरन्तरता दिएकोमा नेपाल सरकारले परराष्ट्र मन्त्रालय मार्फत आपत्ति जनाएकोमा पार्टी र सरकारलाई धन्यवाद दिदैं यहाँ भारतले मिचेको जमिन फिर्ता लिन सरकारले अब देशका सबै राजनीतिक दलहरुलाई एकतावद्ध बनाउँदै संसदमा संकल्प प्रस्तावलगायत अरु कडा कदमहरु चाल्न आवश्यक सुझाव समेत दिएका छन ।
मिचाहा र हेपाहा प्रबृत्तिका बिरुद्ध हामी हाम्रो राष्ट्रिय स्वाधीनता र स्वाभीमानकाे रक्षाका लागि एकजुट बन्नु पर्ने बेला आएकाे छ
सहसंयोजक पाैडेलले सामाजिक सञ्जालमा गरेकाे अपिल यस्ताे छ :
आदरणीय देशभक्त दाजुभाइ तथा दिदीबहिनीहरु , हाम्रो देशका सिमानाहरु बारम्बार मिच्दै आएकाे छिमेकी भारतले महाकालीपूर्व नेपाली भूभाग रहने सुगौली सन्धीविपरित भारतीय सत्ताले लिपुलेक क्षेत्रमा दशकौंदेखि गरेको अतिक्रमण र केही वर्षदेखि नेपाली भूभागमा बनाएको बाटो उद्घाटन गरेर आफ्नो मिचाह र हेपाह प्रवृतिलाई निरन्तरता दिएकोमा नेपाल सरकारले परराष्ट्रमन्त्रालयमार्फत आपत्ति जनाएको छ भने हाम्रो पार्टी नेकपाले पनि याे कदमकाे कडा शब्दमा बिराेध गरेकाे छ । यस्का लागि पार्टी र सरकारलाई धन्यवाद भन्दै यहाँ भारतले मिचेको जमिन फिर्ता लिन सरकारले अब देशका सबै राजनीतिक दलहरुलाई एकतावद्ध बनाउँदै संसदमा संकल्प प्रस्तावलगायत अरु कडा कदमहरु चाल्न आवश्यक छ । विस्तारवादी भारतीय सत्तालाई झुकाएर आफ्नो जमिन फिर्ता लिन जनताले विश्वास गरेको वर्तमान सरकारले अन्तराष्ट्रिय समुदायसंग साथ लिएर कडा र आवश्यक कुटनैतिक कदम चाल्नेछ भन्ने विश्वास गर्दै हाम्रा सत्ता स्वार्थहरु जाती र पार्टी भन्दा माथि उठेर सरकारलाई सम्पूर्ण हिसाबले साथ दिनु आवश्यक छ । सरकारलाई हाम्रो आग्रह छ तत्काल सिमा क्षेत्रमा हाम्राे सुरक्षा फाैज लगि तहा क्याम्प राखाै र हाम्राे जमिनकाे रक्षा गराै ।पहिलै सिमामा शसस्त्र पुलिसको पाेष्ट राख्ने सरकारकाे निर्णय यहाँ कस्का कारणले राेकियाे र भएन ? सरकारको निर्णय त भएको भन्ने हामीले सुनिरहेका थियाै ! यस्ता बिषयमा पनि सरकारका सम्बन्धित निकाएका मान्छेहरु सचेत हुनु जरुरी छ । अहिले हाम्रा मिचिएका र गुमेका भुमीहरु फिर्ता लिने सहि माैका पनि हाे । याे माैका हामीले गुम्न दिनु हुन्न । तसर्थ हामी सबैले एकठाउमा उभिएर एकीकृत पहलुकाे जरुरी छ । अर्को तिर सिहंदरवार अगाडि केही चिनीयाहरुले आफ्नाे देशकाे फिर्तीकाे माग गरि लकडाउनकाे आदेश ताेड्दै जे गरे त्याे बिषयले पनि निक्कै गम्भीर बनाएकाे छ ।लकडाउनका बेला तहासम्म दर्जनाै विदेशी नागरिकहरुलाई सिहदरवासम्म कस्ले आउन दियाे ? र किन दिईयाे खाेजी गरि कार्वाही हाेस् । र, ती बितन्डाकारी चिनियाहरुलाई पनि कडा कारवाही गरियोस् । तिनीहरु आफ्नाे देश फिर्ता जाने र जान नपाएको भए त आफ्ना राजदुतावास अगाडि पाे प्रदर्शन विराेध गर्ने हाेली नी । यी चिनीयहरुकाे हेपाहा शैलीकाे जति निन्दा गरे नि कम हुन्छ । खैर! जुनसुकै नाममा भएको मिचाहा र हेपाहा प्रबृत्तिका बिरुद्ध हामी हाम्रो राष्ट्रिय स्वाधीनता र स्वाभीमानकाे रक्षाका लागि एकजुट बन्नु पर्ने बेला आएकाे छ । अरु बिषयमा राजनीति गर्दै गराैला । देशकाे स्वाधीनता र स्वाभीमान दुखेका बेला हामी सबैलाई दुख्नु पर्छ । हामी एकजुट हुनुपर्छ ।सम्पुर्ण राजनीति दलहरु , नागरिक समाज लगायत सम्पुर्ण वर्ग ,क्षेत्र र लिङ्गका जनताहरुलाई एकजुट भएर मिचाहा र हेपाहा प्रबृत्तिका बिरुद्ध उभिन हार्दिक अपील गर्दछु । -रमेशकुमार पाैडेल ( सह- संयाेजक ) राष्ट्रिय युवा संघ, नेपाल ।