• २०८३ बैशाख ४ गते शुक्रवार

राहतको रोजगार दिने उपमहानगरपालिकाको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले अबदेखि श्रमिक, मजदुर तथा दैनिक ज्यालादारी गर्नेहरुलाई राहतको सट्टा रोजगार दिने भएको छ । नगरका २३ वटै वडामार्फत विपन्न समुदायका लागि काम दिन लागिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

वडाका योजनाहरु उपभोक्ता समिति मार्फत सञ्चालन गरि स्थानीय बासिन्दालाई रोजगार दिन लागिएको उपप्रमुख मगरले बताउनुभयो । यसरी काम दिदा एउटा घरबाट कम्तिमा एकजनालाई रोजगार दिने नीति लिइएको छ । उपभोक्ता समितिमार्फत स्थानीयलाई काम दिदा वास्तविक श्रमिक र मजदुरहरु काममा आउने विश्वास उपमहानगरपालिकाको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस