• २०८३ असार १ गते सोमवार

किन पछि छौ हामी र हाम्रो समाज ?

खिम राज गिरी पढ्न लाग्ने समय : ४ मिनेट

हाल कोरोनाको कहरले गर्दा विश्वकाे  अर्थतन्त्र नै डामाडोल बनिसकेको छ । नेपालले पनि यसबारेमा गम्भिररुपमा सोच्न जरुरी छ, “अघि हेर्नु चार हात, पछि हेर्नु बाह्र हात ,” “हरिप हुनुभन्दा बरु गरीब हुनु बेस” भनेजस्तो हरेक बिहान संकल्पकासाथ उठौ, केहि योजना बुनौ, पबित्र आत्माले कुनै कामको थालनी गरौ, लक्षयमा अबस्य पुगिनेछ अनि हरेक बेलुका सन्तुष्टिकासाथ सुतौ ।

हाम्रो जस्तो रेमिट्यान्समा चलेको मुलुकका हामी जनता, परिवारमा एकजना कमाउछौं, सातजना रमाउछौं अनि गाउंका उब्जाउशिल जमिनहरु बांझै राखि शहरमा छोरा छोरीहरु पढाउन कोठा लिएर बस्न बाध्य हुन्छौ

सफलता घुम्दै फिर्दै तपाइको दैलोमा आउदैन, तपाईं आफै घुम्दै उसैको दैलोमा जानुपर्छ तब मात्र संघर्ष के हो, यसको फल कस्तो हुन्छ, जीवनमा नैतिक धरातलको बाटो के हो, सबै थाहा हुन्छ ! हामी खालि अबसरको प्रतिक्षामा बस्छौ, केही पाउदैनौ तर यसलाइ आफै सृजना गर्न सक्नुपर्छ अनि धेरै अबसरहरु मिल्न सक्छ । हजारौ ब्यक्तिले गर्न नसकेको सृजनसिल काम एकजना भिजन भएको इमान्दार राजनेताले गर्न सक्छ अनि मात्र देश बन्छ, अन्यथा देख्दैमा र लेख्दैमा परिवर्तन हुने होइन, देख्नेले व्यवहारमा ल्यायो र लेख्नेका कुरा सहि अर्थमा लियो भने यो समाज परिवर्तन हुन समय लाग्दैन । तर हाम्रो जस्तो रेमिट्यान्समा चलेको मुलुकका हामी जनता, परिवारमा एकजना कमाउछौं, सातजना रमाउछौं अनि गाउंका उब्जाउशिल जमिनहरु बांझै राखि शहरमा छोरा छोरीहरु पढाउन कोठा लिएर बस्न बाध्य हुन्छौ । हुन त अहिलेको सरकारको कदम केही हदसम्म राम्रै थियो अनि पराइको त धर्म नै हो बिगार्ने तर आफ्नै खंनिदा कता कता अल्मलिएको रुम्जाटारको बाटोजस्तो भयो सरकार ।

हाम्रो संस्कार नै यहि बसिसक्यो कि घाँटी हेरी हाड निल्दैनौ, सरंचना बनाउछौ, सरंक्षण गर्दैनौ, राजनीतिज्ञको पछि लागि नैतिक धरातल गुमाउंछौ, नीतिको कुरा गर्छौ तर नियन्त्रणमा बस्न सक्दैनौ,

तैपनि देशमा अहिलेसम्म कयौ नेताहरु जन्मे, कति ब्यबस्था परिवर्तन भए तर जनताको अबस्था उस्तै छ ! शहरमुखी हुने रहर या बाध्यताले गाउंघरका ती बस्तीहरु पातालिदै गएका छन, अनि हराभरा खेतीयोग्य जमिनहरु बिस्तारै जङलमा परिणत हुदैछन ! हिजो कुत्यउली र डन्डिबिगो खेलेका ती चौरहरुमा आज जङली जनावरहरु नाचिरहेका छन, तराइमा फलेका अन्नबालीहरु भारतमा गोदाम गर्छौ र उसैले प्रशोधन गरि हामी महङ्गाेमा किन्न बाद्य हुन्छौ ! जुम्ला र हुम्लाको स्याउ अनि पहाडतिरको जडिबुटी अनेक फलफुलहरु कुहिएर गएको छ तर कस्मिरका महङ्गा फलफुल खान बाध्य छौ हामी ! किनकी हाम्रा बाबु, नानि, आफन्तले दुख गरि बिदेशबाट पठाइदिएका छन अनि हामी त्यसैमा रमाउन बाध्य छौ तर यहि धरतीमा दुख र परिश्रम गर्दैनौ किनकी हाम्रो संस्कार नै यहि बसिसक्यो कि घाँटी हेरी हाड निल्दैनौ, सरंचना बनाउछौ, सरंक्षण गर्दैनौ, राजनीतिज्ञको पछि लागि नैतिक धरातल गुमाउंछौ, नीतिको कुरा गर्छौ तर नियन्त्रणमा बस्न सक्दैनौ, अघाएको पेटमा खिर खान्छौ तर सातु खान जान्दैनौ, छोरा छोरीलाइ संस्कृति पढाउंछौ तर असल संस्कार पढाउदैनौ, अरुलाइ सिकाउछौ, आफुले बिर्सिदिन्छौ !

चुनावमा प्रतिनिधि छान्दा नीति र निष्ठावान नेता हेर्दैनौ दलिय चिन्न हेरी मतदान गर्छौ, तसर्थ प्रजातन्त्रमा कुनैपनि दल सत्तामा हुंदा स्वार्थरहित भावनाबाट विधि, विधान र पद्दतीमा चल्यो भने त्यही सिद्दान्तलाई अनुसरण गर्ने बानि भावी पुस्ताको पनि हुन्छ र जब देश प्रणालीमा चल्छ तब न सरकार ढल्ने भए, न त बिकास र समृद्दी भएन भन्ने तनाब ! त्यसैले अहिलेको सत्तारुढ दलले पनि यहि विधि अबलम्बन गरोस ।

अहिले चलिरहेको बजेट अधिबेसनमा राजेन्द्र महतोहरु, बाबुराम अनि शेर बहादुरहरुको खोक्रो रास्ट्रबाद र के पि को राजिनामाको ढ्वाङ फुक्नुभन्दा सरकारले जारी गरेको बिज्ञप्तिमा सहयोग गर्ने हिम्मत राख्छन त ?

विश्व र नेपाल पनि कोरोना भाइरसबाट आक्रान्त भएको बेला यहि मौका छोपी पद, पावर र कुर्चिको मोहमा दौडिन खोज्दा पार्टीलाइ घाटा त भयो भयो देसको स्थिति नै फेरि अतिततिर फर्किने त होइन ? अनि भारतीय दादागिरीलाई तह लगाउने कहिले, कसले र कसरी ? लिपुलेकमा भारतले उद्घाटन गरेको बाटो आजभन्दा दस बर्ष अगाडीदेखि शुरु भएको हो र हिजोमात्र भारतले उद्घाटन गर्यो तर बिगतका शासकहरु आफ्नो सत्ता जोगाउन तिनका नजर दिल्लिमा पर्यो तर लिपुलेकमा पर्न सकेन । अहिले चलिरहेको बजेट अधिबेसनमा राजेन्द्र महतोहरु, बाबुराम अनि शेर बहादुरहरुको खोक्रो रास्ट्रबाद र के पि को राजिनामाको ढ्वाङ फुक्नुभन्दा सरकारले जारी गरेको बिज्ञप्तिमा सहयोग गर्ने हिम्मत राख्छन त ? भारतीय नाकाबन्दीताका सबै को कति रास्ट्रबादी भन्ने कुरा नेपाली जनतालाइ प्रष्ट थाह छ तर अहिले बारताली र फेसबुक, ट्विटरमा देखाएको रास्ट्रबाद त पशुपतिमा लगाएको चन्दनको लेपजस्तो मात्र हो न कि वास्तविक फिल्डमा कोहि जाओस र जान सकोस । तसर्थ यस मामलामा सरकारले जुन ढङ्गले तुरुन्तै बिज्ञप्ती जारी गरेको छ, त्यहिनुरुप काम कारबाही अगाडि बढावस अनि सबै दल, नागरिक समाज, स्वदेसी बिदेसी नेपाली नागरिकहरुको समर्थन पूर्णरुपमा होस र हाम्रो जमिन तु फिर्ता ल्याउने प्रण गरौ ।

तर अहिले हरेक दलहरु विधि, विधान र सिद्दान्तमा लागेको लेपले गर्दा दलालको दलदलमा फसिराखेका छन ! आज यहि विधि र पद्दतिमा नचल्दा जनताले दुख पाएका छन ! हो, यहि भएर हामी र हाम्रो समाज पछि परेको हो !

Sharing

प्रतिक्रिया दिनुहोस