• २०८३ जेष्ठ २२ गते शुक्रवार

लक्ष्मी स्टील कम्पनीमा कच्चा पदार्थ वोकेका गाडिहरु भित्रिरहेको भन्दै स्थानियहरु आक्रोसित

विमल भट्टराई पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, सुनवल । पश्चिम नवपलपरासीको सुनवल नगरपालिका वडा नम्वर ७ स्थीत लक्ष्मी स्टील कम्पनीमा कच्चा पदार्थ वोकेका नेपाली तथा भारतिय गाडिहरु भित्रिरहेको भन्दैस्थानियहरु आक्रोसित भएका छन् । वडा लकडाउनको स्थितिमा कम्पनी चलिरहेको र कम्पनिमा चाहिले कच्चा पदार्थ ल्याइरहेको भन्दै सरकारले गरेको लकडाउन गरिव ,किसान र साना व्यापारीहरुलाई मात्र लागु गाराई ठुला उद्योगहरुलाई छुट दिएको भन्दै स्थानियहरु आक्रोसित भएका हुन् ।

 

कोरोनाको संक्रमण तिव्र गतिमा वढ्दै गइरहेको भारतवाट उद्योगलाई चाहिलो कच्चा पदार्थ लगाएतका सामाग्री आयात भैरहदा आफुहरु निकै त्रसित भएको स्थानियले गुनासो गरेका छन् । विहिवार साझ स्थानियहरु आक्रोसीत भई विरोधमा उत्रिएपछि भिडभाडलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको र उश्रखल व्यवहार देखाएका ८ जानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीले जनाएको छ । जसमध्ये ३ जनालाई नियन्त्रण पश्चात छाडिएको र वाँकि ५ जानालाई उश्रखल व्यवहार नदेखाउने सहमतिमा सुनवल नगरपालका, उद्योग वाणिज्य संघ र प्रहरीको रोहोवरमा आज शुक्रवार छाडिएको जिल्ला प्रहरीकार्यलय पश्चिम नवलपरासीका सुचना अधिकारी, डिएसपि विरेन्द्र थापाले जानकारी दिनुभयो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस