पौष, २५ काठमाडौँ । बलिउड अभिनेता सलमान खानको सन् २०२१ को इदमा रिलिज हुनेगरि नयाँ फील्मको घोषणा गरिएको छ । उनको नयाँ फिल्मको नाम ‘कभी ईद कभी दिवाली’ राखिएको छ ।


सलमान खान र निर्माता साजिद नाडियाडवाले यो फिल्ममा सहकार्य गर्न लागेका हुन् । यो फिल्म लाई फरहदा साम्जीले निर्देशन गर्ने भएका छन् ।
यो बर्ष पनि सलमानको नयाँ चलचित्र ‘राधे’ इदको अवसर पारेर रिलिज हुँदैछ ।