पौष, २५ काठमाडौँ । सरकारले आइतवार अर्थात पौष २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती पुस २७ गते जिल्लाका ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।सदरमुकामसमेत रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्यविस्तार गरी नेपाल एकीकरण गरेकाले उनको कदर गर्दै बिदा दिएको स्थानीय तहहरुले बताएका छन् । स्थानीय तहहरुले बिदा दिनुका साथै केही पृथ्वीजयन्तीमा विभिन्न कार्यक्रम पनि राखेका छन् ।