• २०८३ जेष्ठ ७ गते बिहिवार

अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोप परीक्षण स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयले बनाकजो कोरोना भाइरस विरुद्धको खोप लगाएका एक व्यक्ति बिरामी परेपछि क्लिनिकल परीक्षण स्थगित भएको छ ।बीबीसीका अनुसार खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँमा गरी झण्डै ३० हजार मानिसलाई सहभागी गराएको थियो । तीमध्ये एक जना बिरामी परेपछि सबै ठाउँमा भइरहेको परीक्षण रोकेर स्वतन्त्र जाँचको तयारी थालेको छ ।

जाँचपछि सुरक्षा मानकको समिक्षा गरेर मात्रै परीक्षण पुनः शुरु गर्ने वा नगर्ने निर्णय हुन्छ । यो घटनाले सबैभन्दा पहिले प्रयोगमा आउने र सुरक्षित हुने ठानिएको खोपको परीक्षण नै स्थगित भएपछि कोरोना विरुद्धको अभियानमा धक्का लागेको बीबीसीले जनाएको छ । अहिले विश्वभरमा झण्डै एक दर्जन ठाउँमा कोरोना विरुद्धको खोपको परीक्षण भैरहेको छ । अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले ठूलो ट्रायलमा बिरामी हुने सम्भावनाहरु रहने तर यसको सावधानीपूर्वक जाँच आवश्यक रहेको बताएका बीबीसीले जनाएको छ । धेरै संख्यामा परीक्षण गर्दा एकाध व्यक्ति बिरामी पर्नु सामान्य रहेको विज्ञहरु बताउँछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस