• २०८२ साउन ४ गते शनिवार

इन्जिनियर घुस रकम सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २५, बाग्लुङ । ढोरपाटन नगरपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर मिलन अधिकारी १ लाख घुस रकम सहित पक्राउ परेका छन । उनलाई उपभोक्ता
समितिबाट भएको सडक निर्माण सम्बन्धी योजनामा भुक्तानी दिएबापत बिभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोगअनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।

 

 

उनलाई सेवाग्राहीबाट रु. १,००,०००।– (एक लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा ढोरपाटन नगरपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर अधिकारीले सेवाग्राहीसँग गुज-सिलगुम ओखरधारा खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मुल्याङ्कन बनाउने प्रयोजनको लागि घुस लिएको पुष्टि हुन आईकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा उनलाई बिगो रु. १,००,०००।– (एक लाख)कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग)
बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस