असार ४, काठमाडौं । कलाकार मनोज गजुरेलद्धारा निर्देशित नेपाली श्रृखला ”ज्योती” को टेर्लस सार्वजनिक भएको छ । पारिवारिक कथावस्तुमा आधारित ज्योती नेपाली परिवारको जिवनशैलीलाई कथाका रुपमा उर्तान खोजिएको निर्देशक गजुरेलले जानकारी दिनुभयो ।
बाबुराम शाक्यको प्रमुख भुमिका रहेको यस श्रृखलामा रचना पौडेल, रस्मी भट्ट, प्रनिता के.सी, विवश कार्की, आइसा राईको अभिनय देख्न पाइन्छ । यस श्रृखलालाई एसपि पिच्चर्सले प्रस्तुत गरेको हो । यसका निर्माता बुद्ध शाही रहेका छन । पारिवारिक कथावस्तुलाई मिठो रुपमा प्रस्तुत गरिएको ज्याती श्रृखला शुक्रबार साँझ ७ बजे एसपी पिच्चर्सको युट्युब मार्फत सार्वजनिक गरिदैछ ।