• २०८३ बैशाख २० गते आइतवार

आजको मौसम : देशभर आंशिक देखि सामान्य बदली

पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौं । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी  तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा आंशिक बदलि भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक देखि सामान्य बदली भई १-२ स्थानहरुमा वर्षा/हिमपात भईरहेको छ। बिहीबारदेखि प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशका थोरै स्थानहरुमा हल्का वर्षाको साथै  केहि उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस