बैशाख २७, झापा । झापाको कमल गाउँपालिका–५ स्थित रवि पेट्रोल पम्प नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ना ६ ख नम्बरको मालवाहक ट्रकले बा ८६ प ९७७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका–४ का ३१ वर्षीय रनबहादुर लिम्बुको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय दमकले दुवै सवारीसाधन नियन्त्रण लिए पनि ट्रक चालक फरार रहेको जनाइएको छ । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।