बैशाख २७, काठमाडाैं । आज दिउँसो देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र तराइका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव, स्थानीय वायु, पूर्वी भू-भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ। जसका प्रभाव देशको पहाडी भू-भाग आंशिक बदली रही बाँकी भु-भागमा सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले देशको पुर्वी र मध्य भू-भागका थोरै र पश्चिमका एक-दुई स्थानमा मेघगर्जन, असिना, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।