• २०८३ जेष्ठ १ गते शुक्रवार

थबाङ गाउँपालिकाको आपतकालिन प्रतिकार्य समूह बैठक सम्पन्न,बैठकबाट विभिन्न निर्णयहरु पारित

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

चैत्र २७ रोल्पा । थबाङ गाउँपालिकाको आपतकालिन प्रतिकार्य समूह (आर.आर.टि.) को बैठक थबाङ गाउँपालिकाको कार्यलय थबाङमा सम्पन्न भएको छ । आपतकालिन प्रतिकार्य समूह को संयोजक तथा थबाङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्तीको अध्यक्षतामा बसेको हो ।

बैठकले विश्व महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाईरस रोकथाम तथा नियन्त्रणको लागि नेपाली जनताको स्वास्थ्य तथा जीवन रक्षा गर्न लकडाउन थप भएकोले साथै लकडाउन घोषणा भए देखि हालसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष अहोरात्र खटिरहेका सबै स्वास्थ्यकर्मी यस गाउँपालिकामा कार्यरत कर्मचारीहरु, वडाले भए गरेका कोरोना भाइरस सम्बन्धी क्रियाकलापहरु र आगामी दिनहरुमा कसरी रोकथामतथा नियन्त्रण गर्ने भन्ने सम्बन्धमा थबाङ विभिन्न निर्णयहरु गरेको हो ।

निर्णंयहरु : 
निर्णय न. १, गाउँपालिका स्तरबाट भए गरेका विश्व महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाईरस रोकथाम तथा नियन्त्रणको सम्बन्धमा निम्नलिखित थप निर्णय गरीयो :

१ं) यस गाउँपालिकाका सामुहिक कार्यहरु पुर्ण रुपमाबन्दभएपनि निमार्ण कार्य गरेको सम्बन्धमा यस गाउँपालिकाको मिति २०७६।१२।११ गतेको निर्णय अनुसार र माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल ज्यूको अध्यक्षता मामिति २०७६।१२।२० गते बैठकको निर्णय न. १ बमोजिम निर्णय कार्यान्वयन गराउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, रोल्पाको मिति २०७६।१२।२३ गतेको च.न. २९४८ को प्राप्त पत्रानुसार यस गाउँपालिकाले पनि सो निर्णय अनुसार सामुदायीक निमार्ण कार्य गर्नको लागि अनुमतिप्रदान गरेको ।

२) क्वारेन्टाईनमा राख्ने तर घरवाट खाना बोकाएको र निर्देशिका बमोजिम कार्यन्वयन नभएको सम्बन्धमा मिति २०७६।१२।२३गते देखि थबाङ गाउँपालिका स्थित श्री वीर बलभद्र नमुना मा.वि. थबाङको क्वारेन्टाइन स्थानमा ३ जना व्यक्तिलाई क्वारेन्टाईनमा राखिएकोमा उक्त स्थानमा बस्ने व्यक्तिहरुको लागि कोरोनाभाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ को दफा ११ उपदफा २ बमोजिम अनुसूची १ बमोजिमको खाना व्यवस्थापन हुने गरी प्रतिदिन प्रति व्यक्ति क्वारेनटाइन रहेको जिल्लामा कार्यरत नेपाल प्रहरीका लागि निर्धारित दररेट बमोजिमको खानाअनुसार प्रति व्यक्ति प्रतिदिन रु २१० हुन आउने र सो रकममा गाउँपालिकाले रु ३० रुपैयाँ थप गरी जम्मा रु. २४० पर्ने गरी व्यवस्थापन गरिएको र सो नियम सबै क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुमा लागु हुने । यदि कुनै क्वारेन्टाइनमा वस्ने व्यक्तिलाई होटेल मार्फत खाना खुवाउन नसकिने अवस्था र कुनै अन्य विकल्प नरहेको खण्डमा आफ्नो घरबाट नै खानाखाने व्यवस्थामिलाई उक्त रकमनिजको घरपरिवारलाई भुक्तानी हुने व्यवस्थाहुने गरी आपतकालीन प्रतिकार्य समुहको निर्णय भएको ।

३) महामारी रोकथाम नियन्त्रणमा जनप्रतिनिधी, राजनीतिकदल र बुद्धिजिवी, समाजसेवी,कल्व, महिला समूह, आमा समूह सरकारी तथा गैरसरकारी संघ संस्थाहरु लगायतसबै निकायले भुमिका निर्वाह गरे÷नगरेको सम्बन्धमा ः
क) कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ बनेको, केन्द्रिय सरकार बाट आपतकालीन राहतवितरण सम्बन्धी मार्गदर्शन प्राप्तभएको साथै गाउँपालिकाले उक्त मार्गदर्शनहरुको आधारमा विभिन्न छलफल गरेको र स्वयम गाउँपालिका मार्फत पनि कोरोना रोकथामको लागि प्रत्येक वडाहरुमा पत्राचार गरि सकिएको,
ख) कोरोना (कोभिड–१९) भाईरस रोकथामतथा नियन्त्रण गर्नको लागि क्वारेनटाइन व्यवस्थापन र लकडाउनको सम्बन्धमा यस गाउँपालिकाले पनि उपलब्ध सीमित स्रोत तथा साधनको बावजुद पनि क्वारेन्टाईन व्यवस्थापन गर्दा गर्दै स्वास्थ्यकर्मीहरुबाट आएको गुनासो व्यवस्थापन नभएको भन्ने कुराहरुको ध्यानाकर्षण गरिएको,
ग) कोरोना भाईरस सम्बन्धी आपतकालीन खर्च व्यवस्थापन कोष तयार गरी गाउँ कार्यपालकिामा कार्यरत ईच्छुक कर्मचारीहरुको चैत्र महिनाको मासिक तलवको १० प्रतिशत रकम तथा जनप्रतिनिधीहरुको आफ्नो इच्छा बमोजिमको रकमकट्टा गरी उक्त कोषमा जम्मा गरिएको ।
घ) यस गाउँपालिका अन्तर्गतका सवै स्थानहरुमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुमा कोरोना भाइरस सम्बन्धी लक्षण देखिएमा गाउँपालिकामा आईसोलेशन निर्माणको सम्भावना नभएकोले निज व्यक्तिहरुको थप उपचार तथा परीक्षणको लागि जिल्ला भरिको रोल्पा अस्पताल, रेउघामा व्यवस्थापन भएकोले सो स्थानमा जाँदालाग्ने यातायात वापतको खर्च गाउँपालिकाबाट भुक्तानी हुने व्यवस्थापन मिलाईएको, साथै क्वारेन्टाइनमा १४ दिनअवधी सम्म वस्दा कुनैपनि लक्षण नदेखिएमा एक हप्ताहोम क्वारेन्टाइन वस्ने गरी घर पठाउन सकिने वा क्वारेन्टाईनमा बसेका व्यक्तिको शंका लागेमा र थप १ हप्ता बस्न मानेमा २१ दिनसम्म क्वारेन्टाईनमा राख्न सकिनेछ र निजको स्वाव टेस्ट लक्षण नदेखिएको खण्डमा गर्नु नपर्ने र कुनै लक्षण देखिएमा सम्बन्धीत वडाको वडा अध्यक्ष एवं स्वास्थ्य संस्था प्रमुखलाई सम्पर्क गरी उपचारको लागि व्यवस्थापन गरिने ।
ङ) कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि प्रत्यक्ष रुपमा खटिने स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने गुणस्तरिय पिपिई सेट लगायत मेडिकल सामग्रीहरु केही उपलब्ध गराई सकिएको र थप आवश्यक सामग्री उपलब्ध गराउने गरी संघ, प्रदेश, स्वास्थ्य कार्यालय रोल्पा र स्वयम स्थानीयतहहरुमा आवश्यक समन्वय र पहल भईरहेको ।
च) कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि आफ्नो ज्यान जोखिममा पारी खटिने स्वास्थ्यकर्मीहरु र गाउँपालिकाका अन्यकर्मचारीहरुको लागि आत्मबल बढाउने किसिमले तपशिल बमोजिमको सेवा सुविधा उपलब्ध गराउने निर्णय गरिएको छ :–

क) विमा सुविधा :–
– स्थायी कर्मचारीहरुको हकमा नेपाल सरकारले घोषणा गरे बमोजिमको विमा सुविधा,
– अस्थायी तथा करार सेवातर्फका कर्मचारीहरुको हकमा रु ५,००,०००। (अक्षरुपी रुपैयाँ पाँच लाख) को विमा सुविधा

ख) उपचार सुविधा :–
– कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि खटिने कर्मचारीहरुलाई कोरोना भाईरसको संक्रमण देखिएमा निजको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले नव्यहोरेको खण्डमा गाउँपालिकाले व्यहोर्ने ।

ग) सञ्चार सुविधा :–
– जनचेतना, समन्वय, सहकार्य गर्नको लागिप्रत्येक स्वास्थ्य संस्थालाई सञ्चार खर्च वापत रु ७,००। (अक्षरुपी सात सय मात्र) प्रदानगर्ने

घ) प्रोत्साहन वापतको सुविधा :–
– प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कोरोना भाईरसको रोकथाम र नियन्त्रणको लागि नियमित खटिने कर्मचारीहरुको लागि नेपाल सरकार र प्रदेश सरकारले तोके बमोजिम प्रोत्साहन भत्ता उपलब्ध गराईने छ र गाउँपालिका मार्फत करारमा गरी तलव सुविधा प्राप्त गर्ने कर्मचारीहरुको हकमाआर आर टी को मूल्याकंनको आधारमा गाउँकार्यपालिकाको निर्णय बमोजिमहुनेछ ,

यस गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्यकर्मीहरुले कोरोना भाइरसको जोखिमको अवस्था मामिति २०७६/१२/२६ गते देखि जुनसुकै विषयलाई अगाडि सारेर विषय उठान गरेता पनि यस गाउँपालिकाबाट प्रदान गरिने निर्णयहरुको अवज्ञा गरी वा आफू खुशि कार्यालयमा नवसी गाउँपालिकाको विरुद्धमा संगठन निर्माण, धर्ना जस्ता कार्य गर्ने गराएमा गाउँपालिकाको निर्णय नै अन्तीम भई सम्बन्धित कर्मचारी जवाफदेही हुनेछ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस