फागुन २५, बाँके । अपर ढकेरी प्रहरी पाेष्ट ढकेरीमा ड्युटीमा तैनाथ चौकी इन्चार्ज प्रहरी असई भूमिसरा धामी माथी हातपात भएकाे छ । उक्त घटनामा सम्लग्न दुई जनालाई प्रहरीले आफ्नाे नियन्त्रणमा लिएको छ ।
घटना आईतबारको हो, आइतबार अपरान्ह पश्चिमबाट पूर्वतर्फ गइरहेको गोरू लाेड गरिएको ट्रकलाई कथित स्थानीयबासिन्दाको नामबाट केही अराजक जत्थाले ट्रक चालकलाई डर धम्की देखाएर जङ्गलतर्फ लगेर जोर जबर्जस्ती गर्नथाले ।
ट्रक चालकलाई नियन्त्रणमा लिएर कुटपिट गर्ने, कागजपत्र जफत गर्दै, गोरूहरु जङ्गलमा छाेडिदिए । तत्पश्चात ट्रक चालक टेकबहादुर कार्कीले आफूमाथि दस जनाको समूहले गरेको सो घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएका छन । त्यस्तो निर्जन जङ्गलमा लगेर आफूमाथि ज्यानमार्ने धम्की दिने त्यस्ता अराजक तत्वहरुमाथी हदैसम्मको कानूनी कारवाहीको माग गर्दै चालकले आफ्नो ब्यथा पोखेका छन । अपर ढकेरी प्रहरी पाेष्ट ढकेरीमा ड्युटीमा तैनाथ चौकी इन्चार्ज प्रहरी अंशई भूमिसरा धामीले घटनास्थल पुगेर ट्रक कब्जामा लिनेहरुलाई सोधपुछ गर्दा उल्टो तिनै महिला प्रहरी अंशईलाई हातपात मात्रै गरेनन् , उनलाइ लछारपछार समेत गरेका छन ।
उक्त कार्य गर्ने मध्येका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको छ ।
साथै ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी कुलदीप चन्दले स्थानीय युवाहरुले गोरु लाेड गरिएको कागजपत्र सहितको ट्रक कब्जामा लिई जङ्गलमा लुकाएको अबस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
कानून हातमा लिन खोज्ने कोही कसैलाई पनि अधिकार नभएको कोहलपुर डिएसपी चन्दले यस्ता अराजक गतिविधि गर्नेहरूमाथि सार्वजनिक मुद्दा समेत चलाउन सकिने कानूनी प्रावधान रहेको जनाएका छन् ।