• २०८३ असार ५ गते शुक्रवार

झारफुकको नाममा बालिका बलात्कार गर्ने दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, कैलाली । झारफुक गर्ने बहानामा बालिका बलात्कार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलाली जिल्ला घोडाघोडी नगरपालिका –१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो ।

१४ वर्षीया किशोरी बलात्कारको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट डगौरालाई पक्राउ गरिएको थियो । माघ २१ गते बालिका बलात्कृत भए पनि ढिलो गरी जानकारी पाएको प्रहरीले डगौरालाई शुक्रबार मात्रै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएकोछ ।

प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार, बालिकाको आँखामा रहेको समस्या समाधानका लागि झारफुक गर्न गएको बेला डगौराले मन्दिरमा नरिवल चढाउने बहानामा घोडाघोडी तालक्षेत्रको जंगलमा लगेर बलात्कार गरेको बताएकी छन् ।

यसैबीच बलात्कारकै अभियोगमा १५ वर्षीय बालक पनि पक्राउ परेका छन् । १४ वर्षीया बालिका बलात्कारको आरोमा घोडाघोडी नगरपालिका–८, का एक बालकलाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय, सुखडका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टका अनुसार बालकमाथि लागको अभियोगबारे अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस