मंसिर २३, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ ।

;j{bnLo a}7s M sf7df8f}F, !# h]7 M ;+ljwfg ;+zf]wgsf] ljifodf 5nkmn ug{ k|wfgdGqL s]kL zdf{ cf]nLn] af]nfpg’ ePsf] ;j{bnLo a}7sdf ;xefuL x’Fb} g]kfn sDo’lgi6 kf6L{ -g]skf_sf cWoIf Pj+ k|wfgdGqL cf]nL tyf k’iksdn bfxfn …k|r08Ú / g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjfnufot k|wfgdGqL lgjf; afn’j6f/df a:b} . t:jL/ M rGb|snf If]qL÷/f;;
बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, सहमहामन्त्री डा प्रकाशशरण महत,नेमकिपाको तर्फबाट प्रेम सुवाल, जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादवलगायतको सहभागिता रहेको छ ।
पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिदैं सर्वदलीय बैठकमा यही विषयमा छलफल हुने बुझिएको छ ।