वैशाख २८, काठमाडौं । सरकारले अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने भएको छ । सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै सरकारले अबदेखि अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूको थेरापी सेवा र विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणाली विकास गरिने जानकारी दिए ।

उनले भने,‘अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा, विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणाली विकास गरिनेछ ।’ यसअघि सरकारले अटिजम भएका बालबालिकाहरूका लागि कुनैपनि योजना अघि सारेको थिएन ।