• २०८३ जेष्ठ ३१ गते आइतवार

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २३ , बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग १ ज ५१९२ नम्बरको बोलेरो जीप पल्टिँदा जीप धनी वीरबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उक्त दुर्घटनामा दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका जीप चालक दीपक चन्द घाइते भएका छन । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।  उक्त घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस