• २०८३ बैशाख १९ गते शनिवार

जुवाडे! “लघु कथा”

सुरे शकुमार पान्डे। पढ्न लाग्ने समय : ३ मिनेट

आज मनेको बा थमेको श्रद्धा थियो,बिहानै देखुन उस्ले नुहाई धोई गर्छ कुल कुलानिलाई संझिन्छ।बाहुँनको लागि पनि एकसरा लुगा ल्याई दिएको थियो सबै इष्टमित्रहरु लाई बोलाएकोछ।कोरोनाको डर भन्दापनि उस्लाई आफ्नो सान देखाउँनु थियो।नजिकै बसेर हेरिरहेका काका लाई उस्को तत्तपर्ता देख्दा पुरानो दिनको खयाल आउँछ। जब थमे जिवित थियो उस्ले आफ्नो बा कहिले मर्लान भन्दै दिनौँ सरापेको त यसैलाई पो रैछ भन्दै काकाले मनैमन गन-गन गर्छन।

हुँनत मनेले पुरै तेह्र दिन सम्म काज कृया गय्रो एक बर्ष सम्म दुःख बोकेको थियो।तर बाँच्दा सम्म भने दुश्मनले जस्तै गराउँथ्यो।कयौँ पटक गाली गरेको त स्वायम काकाले पनि देखेकै हुँन।उ दिन बुढा ख्वाँङ-ख्वाँङ खाँस्दा नसुनेको झैँ बाहिर दलानमा तास खेलि रह्यो।भित्र बुढा-पानी-पानी,बाबु मलाई तिर्खा लाग्यो भन्दा भाईर बसेर सुनेर पनि न सुन्या जस्तै गय्रो।थमे घर्सिँदै घर्सिँदै आएछ र गग्रेटामा गाग्रि को पानी सार्छु भन्दा गाग्रि गग्रेटा बाट तल खस्यो आवाज सुनेर उस्का कान ठाडा भए।भित्र दुगुर्दै के गय्राहो यो?हेर त गाग्रि कुच्चाएर काल पनि न आउँने यो बुढालाई!भन्दै कराएको थियो।बाबु कालै न आएर त हो!नत्र बाँच्ने रहर कस्लाई थियोर!भन्दै आँखा बाट आँसु खसाल्यो।आफ्ना सुखेका होँठमा एक घुट्कि पानी निलेर पुन घ्रसिँदै घ्रसिदै लिस्नोको तल गुन्द्रिमा गएर पल्टियो।

मनेले एउटा लोटामा पानी सार्दिएर आफु भाईर जान्छ दलानमा ठुलो जुवा चलेको थियो।त्यँहा धेरै जुवाडेहरु जम्मा भएका थिए।उनिहरु लाई आफ्नै रन्को थियो बुढाको समस्या सँग कसैको सरोकार थिएन। थमेलाई केहि दिन बाट जरो खोकी लागेको थियो औसधी गर्न लग्ने छोराको फुर्षद थिएन।दसौदीले दिनौ आएर झारफुक गर्थे।थमेकी स्वस्नि केहि बर्ष पहिले मरेर गयिन त्यस पछि थमेपनि रोगि बन्दै गयो।उनिहरु दुई जनाको एउटै छोरा भयको ले स्यानै देखि छोराको गलतिलाई नजर अन्दाज गर्थे।परिणाम छोरा भयङकर जुवाडे भैसकेको रैछ बा आमालाई थाहानै भयन।मनेकी श्रिमति पनि यस्को खराब बानि ब्यहोराकै कारण घरमा बस्न नसकेर माईतमै बस्थि।बाउले कमाएर राखेको सम्पत्ती दिनौ जुवा खेल्दै फाल्दै गर्थ्यो!उस्लाई कसैको डर पनि त थिएन।

उस्को केहि बर्ष पहिले बिबहा भयको भयतापनि उनिहरुबाट कुनै शन्तान जन्मेकाथिएन।दिनौ झग्डा भैनै रहन्थ्यो परिणाम उ उठेर माईत गई।यस्लेपनि लिनै जाँन्न भनेर अडेको थियो। बा बिमार थिए उस्ले कुनै रेख देख गरेन,समयमा खान नदिने आफु बिहान उठे देखि रात पर्दा सम्म जुवा खेल्ने गर्थ्यो।उस्ले औषधी उपचार नगरेपछि बुढा समय भन्दा पहिले मृत्युको संघारमा पुगि सकेको थियो।श्रियस हालतमा बा लाई छाडेर त्यही गाउँको फेराको घरमा तास खेलन बसेको थियो।मने तेरा घरमा केहि मान्छे जुटेको जस्तोछ,बुढा धेरै बिमारी छन कि केहो?काकाले सोधे!कँही बुढाको स्वासता गइन आर्को जुवाडेले ब्याँग्य गर्छ।खै होईनहोला बिहान त ठिकै छाडेर आएको हुँ म!मनेले काका तिर हेर्दै भन्छ। हुँन ता आज भोली नै भएकाछन बुढा भन्दै हाँस्छ उस्ले तास प्याट-प्याट फिट्दै थियो।जा बाबु एकपटक घर हेरेर आईज बुढालाई!काकाले भन्छन।न कराउँन काका भर्खर दाउ चलेकोछ मेरो केहिहुँदैन बुढालाई भन्दै तास बाईर भित्र गर्दै फाल्छ।आहा ल खा अरु भन भन्दै तास नचाउँछ।

घरमा छिमेकीले जुटेर बुढालाई बाहिर आगनमा सारेका छन।मने म म मने छोरा!भन्दा भन्दै बुढाको स्वास जान्छ। माथि सबै त्यैयारी गर्न थालेकाछन मने को पर्खाईमा छन।तर मनेले तास लाई छोड्नै सक्दैन।माथि संक फुक्न थाल्छन।सबै जसो गाउँले थमेको घरतर्फ लाग्छन।मने हिँड अब त तेरा बालाई हिँडाल्न थाले दोमान तिर भन्दै तल्ला घरका काका माथि तिर निस्किन्छन।काका सुनतो!मनेले भन्छ म माथि आएर के गर्ने बा मरिहाले अहिले रात पर्ला छिटै ल्याउँनुस म यँहिबाट सँगै हिँडौला भन्छ।काकाले उस्को कुनै उत्तर दिँदैनन।
अनि थमेलाई लिएर जाँदा बाटैबाट मनेले गाँध थाप्न पुगेको थियो।

काका झसिङ्ग हुँन्छन आज उस्को सराद्दमा यँहा तडक भडक छ।छोरा त हौश तर छोर यस्तो पनि न हौस मने जस्तै।भन्दै भित्तामा अडेस लागेर उस्ले सराद्द गरेको हेर्छन।
(कथा काल्पनिक हो यो कसैको नाम र निजि जिवन सँग मेल खान गयकोमा मात्र सयोग हुँनेछ।)

Sharing

प्रतिक्रिया दिनुहोस