भाद्र २३, यूएई । यूएईबाट नेपाल एअरलाइन्समार्फत घर फर्कन टिकट काटेका ७० जना जरिवाना तिर्न नसक्दा यूएईमै रोकिएका छन् ।नेपाल एअरलाइन्सका यूएई प्रतिनिधि टिकाराम पङ्गेनीका अनुसार समयअवधिभित्र स्वदेश फर्कन नपाउँदा लागेको ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा टिकट काटिसकेका ७० जना यूएईमै रोकिएको हो ।
टिकट काटेर घर फर्कन विमानस्थल पुगिसकेका नेपालीहरु यूएईको अध्यागमनमा जरिवाना बापतको रकम बुझाउन नसक्दा बिमानस्थलमै अड्किने क्रम बढेको छ । यूएईले मार्चभन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना मिनाह गरिदिएपछि त्यसपछि भिसाको अवधि सकिएका र समय अवधिभित्र स्वदेश नफर्कनेलाई जरिवाना लिएको छ । भदौ १६ गतेदेखि यूएईबाट नियमित उडान खुलेको छ ।
तर जरिवाना तिर्न सक्दा कति नेपाली फर्कन पाएका छैनन् भने फर्कनेहरुमा पनि धेरैजसो जरिवाना तिरेरै फर्कने गरेको एअरलाइन्स कम्पनीहरुले जनाएका छन् ।