• २०८३ जेष्ठ ५ गते मङ्गलवार

रुसमा बनेको कोरोना विरुद्धको खोप भारतमा परीक्षण हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २३ , एजेन्सी । रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशमा पनि परीक्षण हुने भएको छ । रुसी अधिकारीका अनुसार स्पुनिक पाँच नाम दिइएको यो खोप भारतसहितका केही देशमा यही महिनामा परीक्षण गर्न लागिएको हो ।

रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले भारत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स यूएई , फिलिपिन्स, ब्राजिलमा खोपको परीक्षण हुन लागेको बताएका छन ।

यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उनल बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस