श्रावण २४, काठमाडौं । अहिले म्युजिक भिडियोमा एवं अन्य कला क्षेत्रमा भविष्य बनाउन चाहनेहरूका लागि चादनी गिरी युथ आइकन नै हुन् । उनको माेडलीङ हेरेरै यो क्षेत्रमा प्रवेश गर्नेहरूको जमात ठूलो छ ।

उनी जब कैलाली जिल्ला धनगढी उपमहानगरपालिकाबाट काठमाडौ आइन् तब सुरु हुन्छ उनको अभिनय क्षेत्र । अहिले माेडललिङकाे दुनियाँमा छुट्टै चादनी भएको उनको शुभेच्छुकहरु बताउँछन् । दिलका कुनामा नामक भिडियोबाट डेव्यु गरेकी गिरीले अहिले थुप्रै भिडियोमा अभिनय गरिसकेकि छिन ।

अहिले उनलाई भिडियोमा खेल्न धेरै अफर आएको र आफुले राम्रो बिषय बस्तु हेरेरमात्र खेल्ने गरेको बताउछिन् । चादनीका अनुसार यो क्षेत्रमा ‘बिस्तारै आफ्नो सीपको विकास गर्दै छु ।’ हाउभाउमा निखार ल्याउन जोड दिने गर्छिन् । कला भनेको शरीर चलाउनु मात्रै हैन,’ उनले भनिन्, ‘हरेक अभिनय ले आ-आफ्नै भाषा बोलेको हुन्छ ।

विशुद्ध अभिनयभन्दा पनि यसमा अरू शैली र कलाको तड्का लगाउन उनलाई मन लाग्छ । त्यसैले कलाकै विविध माध्यमलाई अभिनयसगं जोडेर अगाडि बढ्नु छ भन्छिन् ।
