असार २४, रुकुम पश्चिम । रुकुमपश्चिममा करिव २ महिना पछी निर्घात कुट’पिट गरेको घटनाको छानविन सुरु भएको छ । आठविसकोट नगरपालिका वडा नँ ९ को राडीमा यो घटना गएको जेठ १ गते विहीवारका दिनभएको थियो ।
सोही घटनाको भिडियो मँगलवार सार्वजनिक भएपछी प्रहरी प्रशासनले चासो देखाएको छ । घटना यतीसम्म गुप’चुप लुकाइएको प्रतिपनी यो चासाको विषय बनेको हो । अहिले यो भिडीयो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यती सम्म नि’र्घात कु’टपि’ट गर्नु कती सम्मको मानवता हो भन्दै सर्वसाधारणले ठाडो प्रश्न उठाएका छन ।
घ’टना घटेको ५५ औँ दिनमा सामाजिक सञ्जालमा भिडीयो सार्वजनिक भएपछी ५६ दिन देखी सम्वन्धित निकायले खान’तलासी सुरु गरेको छ । यता छानविन समिती गठन गरेर सोधपुछ सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ठक बहादुर कसीले बताउनुभयो । गएको जेठ १ गते जाजरकोटबाट मदिरा सेवनगरि आठबिसकोट तर्फ प्रवेश गर्न खोज्दा प्रवेश क्षेत्रमा राखिएको विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस चेक जाँचका लागी राखिएको हेल्प डेस्कमा स्वास्थ्यकर्मिले सोधपुछ गर्दा ति महिलाले स्वास्थ्यकर्मी माथी उल्टै र्दुव्य’वहार, तथा अश्लि’ल शब्द प्रयोग ,गा’लीगा’लौज गरेपछी प्रहरी र नगरप्रहरीको सहयोगमा नियन्त्रणमा लिने क्रममा भएको कु’टपिटको भडियो सामाजिक सञ्जालमा भाइरल बने पछी अनुसन्धान सुरु भएको छ ।
यसै विच आठविसकोट नगरपालिका र जिल्लाप्रहरी कार्यालयले प्रेस विज्ञिप्ती जारी गरेका छन ।