• २०८३ जेष्ठ ९ गते शनिवार

लगातारको बर्षाले साफेँ मार्तडी सडकखण्ड पुर्ण रूपमा अबरूद्ध

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

असार २४, बाजुरा । लगातारको बर्षाले साँफे मार्तडी सडक खण्डको ठाउ ठाउमा पहिरो आएपछि मंगलवार राति बाट सडक अबरूद्ध भएको छ । सडकको ठाउँठाउँमा पहिरो खसेर सडक भासिर सडक अवरुद्ध बने संगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ ।

पहिराले बडिमालिका नगरपालिकाको पानिनाउला, बल्दे, अम्कोट, तिपाडा, लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिराले सडक भासिएपछि यातायात सडक अवरुद्ध बनेको बताए छन् । मंगलवार देखी आएको वर्षाले पानीनाउलामा पहिरो गएपछि बुधवार बिहान बाट यातायातका साधन आशिंकरुपमा चल्ने गरेका छन् ।

सडक अबरोध भएपनि खुलाउनका लागि पहल हुन सकेको भए पनी रातभर माथी बाट आएको पहिरोले सडक अबरोध हुने गरेको छ । ठाँउ ठाँउमा पहिरो गएको छ, आवतजावतमा समेत निकै समस्या भएको स्थानीय शुशिल थापाले बताएका छन् । त्यस्तै बल्दे नजिकै भासिएको सडकमा यातायत संचालन गर्न अप्ठेरा भएकोले नया एलामेन्ट बदल्नु पर्ने अबस्था भएपनि सरकारको वेवास्ताले यो बर्ष पनि जोखिम हुने देखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस