• २०८३ असोज १९ गते सोमवार

एमसिसीको विरोधमा सुनवलमा प्रर्दशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, पश्चिम नवलपरासी । राष्ट्रिय जनमोर्चा र नेकपा मसालको आयोजनामा एमसिसीको विरोधमा आज नवलपरासीको सुनवलमा विरोध प्रर्दशन गरिएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष कृष्ण बहादुर अधिकारीको अध्यक्षतामा विरोध प्रर्दशन भएको हो ।

कोरोना संक्रमणका बिचमा सरकारले ल्याएको बजेटमा नपत्याउदो तरिकाले एमसिसी छिराएर सार्वभौम सत्ता सम्पन्न मुलुकलाई अरुको हातमा सुम्पन खोजेको भन्दै विरोध जनाइएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेता कृष्ण बहादुर अधिकारी, नेकपा मसाल जिल्ला प्रवक्ता धनपती सापकोटा, नेकपा मसाल जिल्ला अध्यक्ष प्रेम रिजाल, सचिव भरत पाण्डे, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य इन्द्रा रोक्काले आफनो भनाई राखेका थिए ।

https://khabar24nepal.com/2020/01/15/27153

Sharing

प्रतिक्रिया दिनुहोस