जेठ २६, पश्चिम नवलपरासी । विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि सुनवल नगरपालिकाको दैवी प्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि महिला उद्यम केन्द्र, सुनवल १३को तर्फबाट रु. १०,१२५ रकम सहयोग गर्नु भएको छ ।
उक्त सहयोग सुनवल नगरपालिकाका नगर प्रमुख भीम बहादुर थापा क्षेत्री लाई संस्थाका अध्यक्ष कमला गौतम, उपाध्यक्ष अप्सरा भण्डारी सचिव नमिता थापा लगायतले हस्तान्तरण गर्नु भएको छ ।
यस्तो महाविपत्ति नियन्त्रण गर्ने जस्तो मानविय कार्यमा सहयोग गर्नु भएकोमा सुनवल नगरपालिका नगरप्रमुख थापाले धन्यवाद ज्ञापन गर्नुभएको छ ।