-
बिष्णु अधिकारी
मान्छे पनि दानव जस्तै बन्छ बिनय सकिएपछि
आफ्नै अस्तित्व भुल्छ मान्छेले भय सकिएपछि।
सुन्दरताको घमण्ड गर्दैन् किनकी थाहा छ मित्र
फूललाई पनि ओइलाउँनुपर्छ समय सकिएपछि।
मैले तिम्रो सिउँदो सजाउँने सपना त्याग्नु पर्यो
तिमीलाई आफ्नो बनाउने आसय सकिएपछि।
हत्या हिंसा भ्रष्टाचार अनि बलात्कार बढ्छ अरे
मानिसमा भएको मानवता र हृदय सकिएपछि।
धनी अनि गरीबमा केही फरक हुँदैन अन्त्यमा
चिहानमा पुग्छ जिन्दगीको परिचय सकिएपछि।
रामपुर रजघरा, पाल्पा हाल बहराइन