• २०८३ बैशाख ७ गते सोमवार

सर्लाहीका मिटरब्याजी यादव पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २३ काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा रामबाबु राय यादवलाई आज पक्राउ गरेको छ ।

यादवले सर्लाहीका रामप्रवेश महतो, सुरेश शाह, सहदेव राय, मोह शाह, पिताम्बर महतो, बिकाउ ठाकुर, राजुप्रसाद कुसवाह, कपुरी ठाकुर लगायतलाई चर्को ब्याजदरमा ऋण दिएका थिए ।

उनीहरुमध्ये सुरेशले ६० हजार रुपैयाँ ऋण लिएर ७ लाख ४२ हजार रुपैयाँ तिरिसकेका छन् । तर, अझै ऋण चुक्ता नभएको भन्दै जग्गा समेत कब्जा गरिएको पीडितको गुनासो छ ।

यादव राजपाका केन्द्रीय सदस्य पनि हुन् । उनी स्थानीय तहको निर्वाचनमा बरहथवा नगरपालिकाबाट मेयर पदका लागि उम्मेवार बनेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस