• २०८३ बैशाख ४ गते शुक्रवार

८ सय ४१ भूकम्पपीडित लाभग्राही थपिए

पढ्न लाग्ने समय : १ मिनेट

पौष, २३ काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ सय ४१ भूकम्पपीडितलाई लाभग्राहीका रुपमा थप गरेको छ ।

आज बसेको कार्यकारी समिति बैठकले २१ हजार ६ सय वटा गुनासो मध्येबाट ८ सय ४१ जनालाई लाभग्राहीका रुपमा छनोट गरेको हो ।

८ सय ३६ जना भने प्रवलीकरण लाभग्राहीका रुपमा सूचिकृत भएका छन् । १८ हजार २ सय जना गुनासोकर्ता भने गैरलाभग्राही कायम भएका छन् । यसअघि पनि तीनपटक सम्म प्राधिकरणले यसरी गुनासो सुनुवाईबाट लाभग्राही थपिसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समिति बैठकले १ लाख १३ हजार गुनासो सम्बोधन गरी नजिता निकालेको थियो ।

त्यसमा ११ हजार ५ सय ९९ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही र ५ हजार ६ सय ८५ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस